Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 06, 2018
मुस्ताङको सडक दुर्घटनामा परी निधन भएकाहरुप्रति नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 असार २२, २०७५
 
प्रेस विज्ञप्ति
मुस्ताङको स्याङ्बोचे सडक निर्माणमा खटिएका मजदुरहरु चढेको टिपर मुस्ताङको भेङ्जामा दुर्घटना हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन गएको र १० जना सख्त घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files