Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 12, 2018
भक्तपुरको चाँगुनारायण न।पा। वडा नं ७ मझुवा टोलमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 

असार २८, २०७५



प्रेस विज्ञप्ति

केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा धनजनको ठूलो क्षति भएको र जनजिवन अस्तव्यस्त भएको छ । गए राति परेको वर्षाले राजधानी नजिकैको जिल्ला भक्तपुर र काभ्रेलाई समेत प्रभावित पारेको छ । कयौं घरहरु डुवानमा परेका छन्, खाद्य सामाग्री भिजेर नष्ट भएको, विजुली बत्तिको असुविधा भएको र घरभित्रका व्यक्तिहरु बाहिर निस्कन नसक्ने अवस्थामा छन् । यसै क्रममा भक्तपुरको चाँगुनारायण न.पा. वडा नं. ७ मझुवा टोलमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

यस घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । पहिरोमा परि जीवन गुमाउनु भएकाहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, प्रभावित क्षेत्रमा राहत सामाग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग नेपाली कांग्रेस आग्रह गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files