Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 01, 2018
केन्द्रीय कार्यसमितिको बैठकको निर्णय (पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णयहरू)

 नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा आज २०७५ श्रावण १६ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित
शोक प्रस्ताव र निर्णयहरू

१. नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीका संस्थापक जिल्ला सभापति कृष्णकुमार जोशीको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको छ । स्वर्गीय जोशीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहि रहनेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । 

२. पूर्व केन्द्रीय सदस्य स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै २०७५ श्रावण १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै भोलि श्रावण १७ गते बिहीबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files