Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 15, 2011
नयाँ वर्षको हार्दिक शुभकामना

नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा म सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
 
प्रत्येक नयाँ वर्षले हामी सबैलाई विगतका सबै कुराहरुलाई केलाएर, तिनीहरुको विश्लेषण गरेर, आगामी दिनलाई देश र जनताको हितमा सवल पार्दै जाने प्रेरणा दिन्छ । नव वर्षमा सम्पूर्ण नागरिकले जिउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहिनताको अन्त्य र जवर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द पीडित एवं विस्थापितहरुको पुनस्र्थापना जस्ता ज्वलन्त समस्याको समाधान भएको अनुभव गर्न पाउनु पर्दछ भन्दै शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्दछ भन्ने कुरा सम्बन्धित सबै पक्षलाई स्मरण गराउन चाहन्छु । नेपाली जनताको इच्छा र चाहना दिगो शान्ति, समुन्नत र समृद्ध राष्ट्र निर्माण रहेको छ । यस लक्ष्यलाई सफल बनाउन सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुको सहयोग, एकता र दृढ संकल्पको खाँचो छ ।
 
नयाँ वर्ष २०६८— देशमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई पूरा गरेर मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सफल होस् । नयाँ वर्षको यो पुनित अवसरमा देशभित्र वा वाहिर जहाँ रहेका भए पनि, म आफ्नो र नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्र्दछु । 
जय नेपाल !
 
सुशील कोइराला
सभापति
नोट : २०६८ वैशाख १ गते प्रकाशन तथा प्रसारणका लागि ।
Share on Facebook

Attachments#
No files