Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 10, 2019
नेपाली कांग्रेसका सभापतिद्वारा पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति गहिरो दुःख व्यक्त

 चैत्र २७, २०७५
 
 
 
शोक विज्ञप्ति
 
पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको हिजो मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको छ । उहाँ मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् हुनुहुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय गोल्छा  नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व हुनुहन्थ्यो । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले उहाँको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताउनु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गर्नु भएको छ । 
 
पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकरण गोल्छाको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files