Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 11, 2019
नेकाजिकास गुल्मीका पूर्व सभापति, पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ७२ वर्षीय श्री रूद्रमणि शर्मा भण्डारीको निधनप्रति सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

(संशोधित)
चैत्र २८, २०७५
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गुल्मीका पूर्व सभापति, पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ७२ वर्षीय श्री रूद्रमणि शर्मा भण्डारीको आज विहान जीप दुर्घटनामा परी निधन भएको छ । गुल्मीको दर्लिनबाट वुटवलतर्फ जादै गरेको लु १ ज १९५७ नं. को जीप मुसिकोट न.पा. १ को च्यानडाँडामा आज विहान करीब ७ः३० बजे दुर्घटना भएको थियो । उक्त जीपमा सवार अन्य दुई जनाको समेत निधन भएको र ८ जना घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वस्तु निवासी स्व. भण्डारी २०४८ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । स्वर्गीय भण्डारीले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका दुई श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।  
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले श्री रूद्रमणि शर्मा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ — “नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । स्वर्गीय भण्डारीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
 
जीप दुर्घटनामा परी पूर्व जिल्ला सभापति एवं पूर्व सांसद रूद्रमणि शर्मा भण्डारी, ८ वर्षीय बालक ओश्कर वि.क. र कौशिला थापाको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकूल परिवारजनप्रति समवेदना प्रकट 
गर्दछ । साथै, नेपाली कांग्रेस, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
(मृत्यु हुनेको सूचीमा कौशिला थापा हुनु पर्नेमा भुलवस प्रहरी हवलदार देवीप्रसाद पौडेलको नाम उल्लेख भएकोमा क्षमा प्रार्थी छौं)
 
Share on Facebook

Attachments#
No files