Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2019
शान्ति, सद्भाव र प्रगतिको कामना, नव वर्ष २०७६ को हार्दिक शुभकामना !

 
 
 
शुभकामना
 
नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 
 
नेपाली कांग्रेस— देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न र हाम्रा गाउँ—नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउनेछ । 
 
नव वर्ष २०७६ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । 
 
नव वर्षको शुभकामना दिइरहँदा हालै बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरण गर्न चाहन्छु । हुरीबाट पीडित दिदीबहिनी दाजुभाइहरुको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले गर्न यो घडीमा सरकारलाई झक्झक्याउन चाहन्छु । 
 
शान्ति, सद्भाव र प्रगतिको कामना, नव वर्ष २०७६ को हार्दिक शुभकामना !
 
जय नेपाल !
 
शेरबहादुर देउवा
   सभापति
 
Share on Facebook

Attachments#
No files