Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 13, 2019
एभेन्यूज टेलिभिजनको बिरगञ्ज स्थित कार्यालयमा भएको तोडफोडप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट

 वैशाख ३०, २०७६
 
 
प्रेस विज्ञप्ति
 
एभेन्यूज टेलिभिजनको बिरगञ्ज स्थित कार्यालयमा भएको तोडफोडप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । 
 
कुनै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भए पनि त्यो अत्यन्तै निन्दनीय छ । वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद छ । एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् । 
 
विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 
 
जय नेपाल !
 
 
विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files