Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 31, 2019
सुर्दशन मेहर कायस्थप्रति हार्दिक श्रद्धाञ्जली

 जेठ १७, २०७६
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामो समयसम्म कार्यरत कर्मचारी सुर्दशन मेहर कायस्थको गए राति पाटन अस्पतालमा उपचारका क्रममा असामयिक निधन भयो । स्वर्गीय कायस्थ नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा वि.स. २०५० देखि कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय कायस्थले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुर्दशन मेहर कायस्थको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेसप्रति समर्पित, निष्ठावान, प्रतिवद्ध सुर्दशन मेहर कायस्थको निधनले मलाई दुःखीत र मर्माहत बनाएको छ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । स्वर्गीय कायस्थप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
आजै उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय कायस्थको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 
स्वर्गीय कायस्थ प्रति सम्मान प्रकट गर्दै २०७६ जेठ १९ गते एक दिन पार्टीको केन्द्रीय कार्यालय बन्द रहनेछ र पार्टीको झण्डा आधा झुकाईनेछ । 
पार्टीको केन्द्रीय कार्यालयमा लामो समयसम्म निरन्तर क्रियाशील रहेर स्वर्गीय कायस्थले नेपाली कांग्रेसमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files