Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 07, 2019
राहत र उद्धारमा जुट्न नेपाली कांगे्रेसको अपिल

 राहत र उद्धारमा जुट्न नेपाली कांगे्रेसको अपिल
 
जेठ २४, २०७६
 
कैलाली र कञ्चनपुरमा विहिबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सय भन्दा बढी व्यक्ति घाइते÷अंगभंग तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावित भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । प्राकृतिक विपदका कारण अकालमै निधन हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
यस विपदमा परी घाइते हुनु भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ । 
 
“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरणको कार्यक्रम अन्तर्गत जेठ २५ गते सबै जिल्लाहरुमा ¥याली सहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न तथा जिल्लामा तोकिनु भएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै विज्ञप्ति मार्फत नेपाली कांग्रेस आग्रह गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files