Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 09, 2019
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न

 जेठ २६, २०७६
 
प्रेस वक्तव्य
 
‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको छ । वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नु हुने स्वदेश र विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइप्रति म हार्दिक सम्मान प्रकट गर्दछु । 
 
गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्नु हुने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबै आदरणीय साथीहरुमा बधाई ज्ञापन गर्दछु । 
 
जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको छ । 
 
अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न म पार्टीका आम साथीहरुमा अपिल गर्दछु । लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नु छ । 
 
जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ । 
 
अभियानका क्रममा निरन्तर समाचार सम्प्रेषण गर्ने सबै संचार माध्यमलाई धन्यवाद दिंदै आभार प्रकट गर्दछु । 
 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files