Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 27, 2019
रुपन्देहीका पूर्व जिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी भाष्कर शर्मा ढकालको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 
 
असार १२, २०७६
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीका पूर्व जिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी ७० वर्षीय भाष्कर शर्मा ढकालको आज लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ विगत केही समयदेखि निमोनियाबाट पीडित हुनुहुन्थ्यो । देवदह नगरपालिका वडा नं. ३ सुरजपुरा निवासी स्वर्गीय ढकाल २०३६, २०४६, २०६२÷६३ लगायतका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपले सहभागी हुँदै आउनु भएको थियो । वि.सं. २०४० सालमा भएको सुरजपुरा काण्डमा उहाँ घाइते हुनु भएको थियो । स्वर्गीय ढकालले राजनीतिका साथै सामाजिक र शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँको आजै देवघाटमा अत्येष्ठी गरिने कार्यक्रम रहेको छ । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । स्वर्गीय ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको र उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनु भएको छ । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय योगदान पु¥याउनु भएका ढकालको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकूल परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव 
 
Share on Facebook

Attachments#
No files