Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 04, 2019
पार्टी संरचना निर्माण बारे अस्पष्टता र भ्रम निवाराणार्थ

 असार १९, २०७६
 
पार्टी संरचना निर्माण बारे
अस्पष्टता र भ्रम निवाराणार्थ
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गते प्रारम्भ हुने बैठकले पार्टीको घरेलु सन्दर्भ र राष्ट्रिय राजनीतिका बारेमा जरुरी निर्णय गर्ने नै छ । नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिनेछ । तर केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा कतिपय अस्पष्टता विभिन्न माध्यमबाट सार्वजनिक भएका कारण सबै भ्रम निवाराणार्थ यो विज्ञप्ति जारी गरिएको छ । 
 
१. पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ । 
 
२. जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्य मध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य पनि एक थियो । विधान बुझाउने चरणमै विधान अनुरुपको संरचना प्राप्त हुने कार्यक्रम निर्धारित थिएन । दोस्रो चरणको जागरण अभियान पूर्व नै विधान अनुरुपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलन मार्फत भइसकेको छ । 
 
३. नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको छ । नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुनेछन् । सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार यसकारण पनि छ की नेपाली कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन । 
 
४. विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुनेछ । केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे जरुरी निर्णय आवश्यक परामर्श पश्चात् हुनेछन् । 
 
५. नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहस मार्फत आवश्यक निर्णयहरु लिनेछ । 
 
जय नेपाल !
 
विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files