Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 07, 2019
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाले भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री श्रीमती सुष्मा स्वराजको निधनप्रति गहिरो दुःख प्रकट

 

श्रावण २२, २०७६


प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाले भारतीय जनता पार्टीकी नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री श्रीमती सुष्मा स्वराजको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष श्री अमित साहलाई आज छुट्टाछुट्टै समवेदना सन्देश पठाउनु भएको छ । 

सन्देशमा सभापति मा. शेरबहादुर देउवाले नेपाल र भारत बीचको सम्बन्धलाई सुदृढ बनाउन श्रीमती सुष्मा स्वराजले पु¥याउनु भएको योगदानको स्मरण गर्नु भएको छ । उहाँको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्यहरु, स्वर्गीय श्रीमती सुष्मा स्वराजका परिवारका सदस्यहरु सहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files