Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 24, 2019
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय प्रयागदत्त लेखकको निधन

 

भाद्र ७, २०७६


समवेदना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय प्रयागदत्त लेखकको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । दशरथ चन्द न.पा. ४, बैतडीमा जन्मनु भएर हाल बेतपुर न.पा. वडा नं. ८, कञ्चनपुर निवासी स्वर्गीय लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु । साथै, केन्द्रीय सदस्य रमेश लेखक लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । 


शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files