Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 30, 2019
केन्द्रीय कार्यसमितिको २०७६ भाद्र १३ गते बसेको बैठको निर्णयहरु

 भाद्र १३, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

१. नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य पदमा उम्मेदवार भई निर्वाचित हुनु भएका वडा सदस्य लक्ष्मी मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी २०७६÷०३÷१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६÷०५÷०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको र निज लक्ष्मी मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम, निज लक्ष्मी मेहता निर्वाचित भएको वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरिन्छ । 

समवेदना
प्रजातन्त्र सेनानी एवं निष्ठावान नेता चितवनका पूर्णकान्त पोखरेलको श्रावण ३१ गते, बाराका पूर्व सभापति स्व. नासिरुद्दिन मन्सुरको धर्मपत्नी एवं बारा क्षेत्र नं. ३ का महासमिति सदस्य ६३ वर्षीया आविदा वेगमको भाद्र १३ गते, पाल्पाका महाधिवेशन प्रतिनिधि देवराज ढकालको ८४ वर्षीया ममतामयी माता एवं क्रियाशील सदस्य भीमकुमारी ढकालको भाद्र ९ गते, प्रतिनिधिसभाका सदस्य कर्मा घलेको ८२ वर्षीया माता यान्खु घले, सुर्खेत वीरेन्द्रनगर न.पा. वडा नं. १ का क्षेत्रीय प्रतिनिधि ५६ वर्षीय  कृष्ण कोइरालाको भाद्र ६ गते र सुर्खेत बजेडीचौर पानीखोला निवासी पार्टीका क्रियाशील सदस्य एवं गाउँ कार्यसमितिका सल्लाहकार ७४ वर्षीय टोपबहादुर पौडेलको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ । 

आजको बैठकमा केन्द्रीय सदस्यहरु— दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नु भएको थियो । 

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र १५ गते दिउँसो १ बजे पुनः बस्नेछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files