Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 17, 2019
नेपाली कांग्रेसको नियमावली, २०७६ लाई संशोधन सहित सर्वसम्मत रुपमा पारित

 भाद्र ३१, २०७६



प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२, २०७६ को बैठकमा नेपाली कांग्रेस नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ को मस्यौदा उपर छलफल भई केन्द्रीय कार्यसमितिको भाद्र २९, २०७६ को बैठकले “पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर आवश्यक साथीहरुसँग सल्लाह गरी प्राप्त सुझावहरुलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मत पारित गर्ने” निर्णय गरेकोमा, 

नेपाली कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुसँग छलफल र परामर्श गरी, केन्द्रीय कार्यसमितिमा प्राप्त सुझाव समेतका आधारमा नियमावली संशोधन मस्यौदा समितिबाट नेपाली कांग्रेसको नियमावली, २०७६ लाई संशोधन सहित सर्वसम्मत रुपमा पारित गरकोे छ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files