Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 01, 2019
सभामुख कृष्णबहादुर महराका सम्बन्धमा हिजो साँझबाट सार्वजनिक संचार माध्यममा आएको समाचारलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको छ ।

 

१४ असोज २०७६


प्रेस विज्ञप्ति

सभामुख कृष्णबहादुर महराका सम्बन्धमा हिजो साँझबाट सार्वजनिक संचार माध्यममा आएको समाचारलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको छ । सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तित्व माथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पद समेतको जिम्मेवारीबाट तत्काल राजीनामा गरी निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्छ भन्ने हाम्रो धारणा छ । 

कानूनको नजरमा सबै समान हुन्छन् र सबैले निर्दोष सावित हुने या दोषी ठहरिए कार्वाही भोग्ने प्रकृयामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ । 

(थप ३ः०० बजेको पत्रकार सम्मेलनमा)


विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files