Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 24, 2019
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका उपसभापति भुपेन्द्रजंग महतको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 कात्र्तिक ७, २०७६

समवेदना

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका उपसभापति, महाधिवेशन प्रतिनिधि एवं पूर्व कोषाध्यक्ष, नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेविसंघ दैलेखका पूर्व अध्यक्ष भुपेन्द्रजंग महतको हिजो कात्र्तिक ६ गते भारतको दिल्ली स्थित मेडिओर अस्पतालमा उपचारका क्रममा भएको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । 

नेपाली कांग्रेसको संगठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीले एक होनाकार व्यक्तिलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । 

उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । 


शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files