Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 07, 2019
कालापानी र लिपुलेकका सन्दर्भमा !

 

कात्र्तिक २१, २०७६



कालापानी र लिपुलेकका सन्दर्भमा !

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्वविदितै छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।

(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files