Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 27, 2019
प्रेस वक्तव्य रोजगारी सृजना यसरी कि त्यसरी ?

 भिडियो विज्ञप्तिको लिङ्क – https://www.youtube.com/watch?v=msxBBzKYwVA
 
मंसिर ११, २०७६


प्रेस वक्तव्य
रोजगारी सृजना यसरी कि त्यसरी ?

राजनैतिक उपलब्धिहरुको हाम्रा सबै संकल्पको मुल ध्येय मुलुकको समृद्धि हो अनि समृद्धि त्यो हो जसको केन्द्रमा ब्यक्तिलाई राखिएको हुन्छ र ब्यक्तिगत जिवनहरुको प्रगतिमा मुलुकको समृद्धि र समग्र खुशीलाई जोखिन्छ ।

नेपाली कांग्रेसले त्यही समृद्धि र खुशीको गन्तब्य हासिल गर्न राणा शासनबाट देशलाई मुक्त गरेर मुलुकमा लोकतन्त्र र समावेशीताको थालनी ग¥यो । आर्थिक विकासका दूरगामी परियोजनाहरुको जग हाल्यो । हिंसात्मक विद्रोहको बाटोमा गएकाहरुलाई संसदीय प्रक्रियामा ल्याउन समन्वय ग¥यो । संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र र दोस्रो संविधानसभाबाट संघीयता सहितको नयाँ संविधान निर्माण गर्न सफल नेतृत्व ग¥यो ।

समृद्धि र खुशीको यात्रालाई नेतृत्व गर्न निर्वाचन मार्फत नयाँ संविधानको कार्यान्वयन जरुरी थियो । अतः तीन तहको निर्वाचन गर्ने राष्ट्रिय अभिभारा पनि कांग्रेसलेनै पूरा ग¥यो ।

प्रधान राजनैतिक जटिलताहरु हल गरेर बनेको सहज राजनैतिक वातावरणमा त्यसपछिको कम्युनिस्ट सरकारले नागरिक जिवनलाई खुशी दिने ढंगले कार्यसम्पादन गर्न नसकेको दृश्य सबै सामु छर्लङ्ग छ । २१ महिनाको २१ असफलता यसविचमा हामीले सार्वजनिक गरिसकेका छौं ।

नागरिक जिवनको खुसीसँग शान्ति सुरक्षा र बजार मुल्यसँगै प्रधान रुपले गांसिन्छ रोजगारीको प्रश्न । नेपाली कांग्रेसले वैदेशिक रोजगारीको बाटोलाई एकातर्फ खुकुलो बनाएर लाखौं नेपाली परिवारको जिवनमा निश्चित आयको प्रबन्ध गर्न मार्ग प्रशस्त गरेको थियो । एकथरी कम्युनिष्ट पार्टीले युवाका हातमा बन्दुक थमाउंदै गर्दा कांग्रेसले पासपोर्ट थमाउनु समयको बाध्यता पनि थियोे । अर्कातर्फ सामाजिक न्याय सहितको उदार अर्थराजनैतिक दर्शन अंगिकार गरेर स्वदेश भित्र पनि हजारौं रोजगारीको सृजना नेपाली कांग्रेसले गरेको थियो ।

कांग्रेसले लिएको नीतिका कारण दर्जन एयरलाइन्स, सयौं बैंक र हजारौं सहकारी खुले त्यसमा लाखौं युवाले काम पाए । कहिले कांग्रेसको नेतृत्वमा र कहिले कांग्रेसको नीतिको निरन्तरतामा हजारौं नयाँ शैक्षिक प्रतिष्ठान देखि सयौं संचार माध्यमले लाखौंलाई रोजगारी दियो । सडक विस्तार, विद्युत उत्पादन र पर्यटनको विकासले पनि रोजगारीको अवसर व्यापक वृद्धि ग¥यो । हरेक बर्ष रोजगारीको खोजीमा बजारमा थपिने संख्याको छेउमा यो एकदमै न्यून आकार थियोे र हो । तर कम्तीमा हिंसा र अस्थिरताको कालखण्डमा पनि यतिको रोजगारी सृजनाको स्थिति निर्माण गर्नु सामान्य कुरा थिएन ।

तर तुलनात्मक रुपले सहज वातावरणमा बनेको कम्युनिष्ट पार्टीको सरकारले एकातर्फ नीजि क्षेत्रलाई निरुत्साहित गर्दै आयो भने अर्कोतर्फ नवीन संभावनाहरुको बिजारोपण गर्ने क्षमता र दृष्टी प्रस्तुत गर्न सकिरहेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको तामझामपूर्ण घोषणा गरियो, ४ अर्ब रुपैयाँको शुरुवाती बजेट रातो ज्याकेट लगाएर, बेल्चा बोकेर नाली सफा गर्ने, मकै गोड्ने र सडकका गाई धपाउने काममा स्वाहा भयो ।

जसले यो क्षणिक काम पाए तिनको जिवनलाई तात्विक रुपले यसले फरक पारेको छ कि कांग्रेसले शुरूवात गरेको नीतिलाई ब्यापकता दिंदा त्यसले ब्यक्तिको जीवन खुशीका लागि योगदान बढी गर्न सक्छ ? अर्बौंको बाह्य ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारीको अवसर सृजना गर्ने कार्यमा प्रयोग गर्नु विवेक सम्मत हुनेछ । असफल परियोजनाका लागि अर्बौं ऋण लिने तयारी विल्कुलै गलत छ ।

हाम्रो प्रश्न छ रोजगारी सृजना यसरी कि त्यसरी ?

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
(नोट ः आजको लिखित प्रेस वक्तव्यसँगै भिडियो विज्ञप्तिको लिङ्क पनि पठाइएको छ)
Share on Facebook

Attachments#
No files