Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 03, 2019
विज्ञप्ति गुल्मीबाट बाग्लुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा दुर्घटना

 

मंसिर १७, २०७६

विज्ञप्ति
गुल्मीबाट बाग्लुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा दुर्घटना हुँदा त्यसमा सवार १४ जनाको मृत्यु भएको, ३ जना गम्भीर घाइते र १ व्यक्ति खोलाले बगाएर हराएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । गत मंसिर ११ गते अर्घाखाँचीको सन्धीखर्कबाट वुटवलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका वडा नं. ६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला पुनः बाग्लुङमा यति ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनेगरी भएको दुःखद घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको छ । सभापति श्री देउवाले घटनामा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । 
पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन समेत सभापति देउवाले सरकारको ध्यान आकृष्ट समेत गर्नु भएको छ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files