Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 16, 2019
प्रजातन्त्र सेनानी बलराम नायक, भोजपुरका नेता चित्रबहादुर कार्की, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दिपक क्षेत्रीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

मंसिर ३०, २०७६



शोक विज्ञप्ति

(१) धनुषा जिल्ला सवैला न.पा. २ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी, पूर्व महाधिवेशन प्रतिनिधि, धनुषाका पूर्व उपसभापति एवं महोत्तरीका पूर्व जिल्ला सचिव बलराम नायकको आज विहान र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस भोजपुरका नेता एवं वौद्धिक व्यक्तित्व चित्रबहादुर कार्कीको मंसिर २९ गते निधन भयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । 

(२) चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दिपक क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । 

उहाँहरुको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण 
गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files