Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 31, 2019
नेपाल महिला संघ कास्कीका जिल्ला सदस्य प्रभाश्री गुरुङको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 पौष १५, २०७६


शोक विज्ञप्ति

नेपाल महिला संघ कास्कीका जिल्ला सदस्य, क्षेत्र नं. १ नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं २०७४ को स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा पार्टीको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार प्रभाश्री गुरुङको गत पौष १० गते निधन भयो । स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files