Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 31, 2019
नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 पौष १५, २०७६

शोक विज्ञप्ति

नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति प्रेमराज राईको ७२ वर्षको उमेरमा सोमबार राती काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय राई नेपाली कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । स्वर्गीय राईले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । 

उहाँका श्रीमती, दुई छोरा, दुई छोरी हुनुहुन्छ । २००४ साल असार ११ गते जन्मनु भएका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आउनु भएको थियो । पिता बलबहादुर राई प्रवासमा रहँदा प्रेमराज राई पनि भारतमै रहनुभयो । पञ्चालयतकालमा पटक पटक गरी उहाँ साढे तीन वर्ष जेल पर्नुभएको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति प्रेमराज राईको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्वर्गीय राई पटक–पटक जेल जीवन र प्रवास समेत बस्नु भयो । स्वर्गीय राईले पार्टी संगठनमा पु¥याउनु भएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आजै अस्पताल पुगी उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।  त्यसैगरी श्रद्धाञ्जलीका लागि पार्टीका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशरण महत, केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरु एवं पार्टीका कार्यकर्ताहरु अस्पताल पुग्नु भएको थियो । 

स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मंगलबार नै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. १ मोलीमा रहेको उहाँको पुख्र्यौली निवासतर्फ लगिएको छ । 

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files