Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 20, 2020
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी कान्छी काकी एवं दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारकी माता कुश्मीदेवी थरुनीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 माघ ६, २०७६



शोक विज्ञप्ति

नेपाली कांग्रेसका उपसभापति, नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी कान्छी काकी एवं दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारकी ८२ वर्षीया ममतामयी माता कुश्मीदेवी थरुनीको हिजो माघ ५ गते दुवही नगरपालिका स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । 

नेपाली कांग्रेस कुश्मीदेवी थरुनीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै नेपाली कांग्रेस उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादार लगायत सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files