Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 21, 2020
झापा मेचीनगर नगरपालिका निवासी नेपाली कांग्रेसका पूर्व क्षेत्रीय प्रतिनिधि ६१ वर्षीय अरुण बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 माघ ७, २०७६

शोक विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य केशवकुमार बुढाथोकीको भाई एवं झापा मेचीनगर नगरपालिका निवासी नेपाली कांग्रेसका पूर्व क्षेत्रीय प्रतिनिधि ६१ वर्षीय अरुण बुढाथोकीको गत माघ ५ गते निधन भयो । स्वर्गीय बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files