Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 05, 2020
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 

माघ २२, २०७६



शोक विज्ञप्ति

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नु भएका स्वर्गीय शर्मा सोही टेलिभिजनको महाप्रबन्धक समेत हुनु भएको थियो । स्वर्गीय शर्माले शुरु गरेको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित कार्यक्रमको रुपमा रहेको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ—  लामो अनुभवी तथा निष्ठावान पत्रकार दुर्गानाथ शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । पार्टी र मेरो तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files