Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 13, 2020
दहालको अभिव्यक्तिप्रति आपत्ति प्रेस वक्तव्य

 

फागुन १, २०७६

 

 

दहालको अभिव्यक्तिप्रति आपत्ति

प्रेस वक्तव्य

 

‌नेकपाका अध्यक्ष पुस्पकमल दहालले आज एक कार्यक्रममा दिनुभएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ l

 

(१)  माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ l

 

(२)  `फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो l तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ

 

(३)  ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो l हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ

 

(४)  `जिम्मेवार ढंगले कार्य गर्न´ कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै `जिम्मेवार अभिव्यक्तिका लागीपनि´ सजग गराउंदछु

 

जय नेपाल । 

 

 

 

                                                          विश्वप्रकाश शर्मा

                                                              प्रवक्ता

Share on Facebook

Attachments#
No files