Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 14, 2020
राष्ट्रिय सभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको आज निधन

 फागुन २, २०७६


शोक विज्ञप्ति

राष्ट्रिय सभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको आज निधन भयो । पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्रका रुपमा वि.सं. २०२६ सालमा जन्मनु भएका स्वर्गीय उपाध्याय वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आउनु भएको थियो । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गा.वि.स.मा उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उहाँ दुई कार्यकाल क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । वि.सं. २०७४ मा उहाँ नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुनु भएको थियो । हाल उहाँ लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न रहँदै आउनु भएको थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “राष्ट्रिय सभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनको खबरले म अत्यन्त दुःखीत र स्तब्ध भएको छु । स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी र मेरो व्यक्तिगत तर्फबाट उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files