Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 13, 2020
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा आज २०७६ फागुन ३० गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्यो । बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णयहरू

 



नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा आज २०७६ फागुन ३० गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्यो । बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित

शोक प्रस्ताव र निर्णयहरू

१. नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री श्री पूर्णकुमार शेर्मा (लिम्वू) को २०७६ फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ । वि.सं. २००० असोज १२ गते जन्मनु भएका श्री शेर्माको असामयिक निधनले हामी स्तब्ध भएका छौँ । उहाँले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामिण विकासमा पु¥याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । 

२. पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शेर्माप्रति सम्मान प्रकट गर्दै शोकका देहाय बमोजिमका कार्यक्रमहरु निर्धारण गरिएको छ—

(क) २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने । 
(ख) २०७६ चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने ।
(ग) उहाँको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files