Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 21, 2020
चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने l

 

चैत्र ८, २०७६

 

 

चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै

सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने l

 

,         प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए l तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् l

 

,         `शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म´ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ l

 

,         जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ l

 

,         सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ l

 

,         स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ

 

जय नेपाल ।

 

                                                           विश्वप्रकाश शर्मा 

                                                           प्रवक्ता एवं प्रमुख

                                                     सूचना, संचार एवं प्रचार विभाग

Share on Facebook

Attachments#
No files