Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 23, 2020
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस दाङका अग्रज नेता छविकुमार शर्माको काठमाडौँको गंगालालमा उपचारका क्रममा निधन

 चैत्र १०, २०७६

शोक विज्ञप्ति

प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस दाङका अग्रज नेता छविकुमार शर्माको आज काठमाडौँको गंगालालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय शर्मा २०१५ सालका सांसद स्व. गणेशकुमार शर्माका भाइ हुनुहुन्छ । २०१७ साल पछि स्वर्गीय छविकुमार शर्मा दाङका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा जिल्लाको कार्यवाहक सभापति समेतको जिम्मेवारी वहन गर्नु भएको थियो । स्वर्गीय शर्माले २०१७ साल पछिका विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टीको विभिन्न एक्सन कमिटीहरुमा समेत रहेर तथा नेपालको प्रजातान्त्रिक आन्दोलनहरु र पार्टी संगठनमा उहाँले अत्यन्त सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँलाई गत फागुन १९ गते जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गर्नु भएको थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँले नेपालको प्रजातान्त्रिक र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”



कृष्णप्रसाद पौडेल
मुख्य सचिव 
 
Share on Facebook

Attachments#
No files