Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 18, 2020
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस रामेछापका पूर्व महासमिति सदस्य ८२ वर्षीय रुद्रप्रसाद ढुंगेलको काठमाडौंको कुलेश्वरमा निधन

 जेठ ५, २०७७
 
शोक विज्ञप्ति
 
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस रामेछापका पूर्व महासमिति सदस्य ८२ वर्षीय रुद्रप्रसाद ढुंगेलको आज काठमाडौंको कुलेश्वर स्थित आफ्नै निवासमा निधन भयो । रामेछापको खाडादेवी गाउँपालिका (साविकको पकरवास गा.वि.स.) मा जन्मनु भएका ढुंगेल मुटु सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय ढुंगेल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । 
 
वि.सं. २०१७ सालमा प्रजातन्त्र अपदस्त गरिएपछि वि.सं. २०१८ सालको संघर्षका क्रममा तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्र वहालीका लागि रामेछापको बडाहाकिम कार्यालयमा भएको बम प्रहारको घटनामा स्वर्गीय ढुंगेल संलग्न हुनु हुन्थ्यो । स्वर्गीय ढुंगेलले पटक पटक गरी करीब ८ वर्ष जेल र ७ वर्ष भारत प्रवासमा जीवन बिताउनु भएको थियो । 
 
स्वर्गीय ढुंगेलले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “प्रजातन्त्र सेनानी एवं रामेछापका नेता रुद्रप्रसाद ढुंगेलको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । स्वर्गीय ढुंगेलले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको निधनबाट नेपाली कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।”
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files