Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 23, 2020
पूर्व महासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ६५ वर्षीय वरिष्ठ अधिवक्ता राजबहादुर चन्दको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 जेठ १०, २०७७
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ६५ वर्षीय वरिष्ठ अधिवक्ता राजबहादुर चन्दको हिजो जेठ ९ गते राति बैतडीको पाटन नगरपालिका वडा नं. ४ स्थित आफ्नै निवासमा निधन भयो । उहाँ मृगौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय चन्द नेपाल बार एशोसिएसन बैतडीको जिल्ला अध्यक्ष र डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए), बैतडीको उपाध्यक्ष समेत हुनुहुन्थ्यो । 
 
स्वर्गीय चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेस बैतडीका पूर्व महासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य वरिष्ठ अधिवक्ता राजबहादुर चन्दको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय चन्दले पार्टीको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।”
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files