Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 20, 2020
ने.कां. जिकास खोटाङका पूर्व जिल्ला सदस्य एवं नेपाल दलित संघका जिल्ला अध्यक्ष ५६ वर्षीय हिराबहादुर वि.क.को निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असार ६, २०७७
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङका पूर्व जिल्ला सदस्य एवं नेपाल दलित संघका जिल्ला अध्यक्ष ५६ वर्षीय हिराबहादुर वि.क. को हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ स्थित आफ्नै निवासमा हिजो निधन भयो । स्वर्गीय वि.क.ले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files