Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 23, 2020
सोलुखुम्बु जिल्लाका सोलुदुधकुण्ड न.पा., लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गा.पा. र सो गा.पा.हरु अन्तर्गतका जलविद्युत आयोजना र विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितता

 असार ९, २०७७

प्रेस विज्ञप्ति

श्रृखंलावद्ध रुपमा अधिनायकवादतर्फ उन्मुख कम्युनिष्ट सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरु समेत नेकपाको पूर्णकालीन सदस्य जस्तो गरी प्रयोग हुँदैछन् । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, कांग्रेसका जिल्लास्तरीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुव्र्यवहार गर्ने जस्ता घटनाहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 

यसै सन्दर्भमा हालसालै सोलुखुम्बु जिल्लाका सोलुदुधकुण्ड न.पा., लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गा.पा. र सो गा.पा.हरु अन्तर्गतका जलविद्युत आयोजना र  विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितता तथा नागरिकहरु कोभिड—१९ का कारण रोग र भोकसँग जुधिरहेको संवेदनशील अवस्थामा समेत राहत वितरणमा व्यापक अनियमितता, पक्षपातपूर्ण व्यवहार भएको घटनालाई अत्यन्त सालिन, सभ्य र सुसंस्कृत ढंगबाट विरोध गर्दा नेकपाका कार्यकर्ताहरुले प्रहरी प्रशासनको आडमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता गर्न नमान्ने जस्ता गैर जिम्मेवार क्रियाकलाप निन्दनीय र खेदजनक छन् । 
 
यस्ता अनियमित, अवांछित, अमर्यादित घटनाहरुलाई तत्काल रोकी आम नागरिकहरुले संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानूनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानविन गरी कुटपिटमा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।  


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files