Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 23, 2020
सर्लाही घटना सम्बन्धमा

 असार ९, २०७७


प्रेस विज्ञप्ति

मुलुकमा कोभिड–१९ महामारीका कारण सरकारद्वारा जारी गरिएको लकडाउनलाई सम्पूर्ण मुलुकवासीहरुले पूर्ण रुपमा पालना गरिरहेको र नेपाली कांग्रेस लगायत सबै राजनीतिक दल तथा दलका कार्यकर्ताहरुबाट पनि पूर्ण सहयोग गरिरहेको विदित नै छ । 

यस्तो विषम परिस्थितिमा प्रहरी प्रशासनबाट शान्ति सुरक्षा कायम गर्न एवं अवैध वस्तुको आयात–निर्यात नियन्त्रण गर्न नसक्नु र त्यस्ता गतिविधिमा स्वयं प्रहरी प्रशासनकै संलग्नता रहेको भनी सर्लाही लगायतका कतिपय जिल्लाहरुमा प्रश्नहरु उठ्नु अत्यन्त गम्भीर विषय रहेको छ । 

यसै सन्दर्भमा सर्लाही जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत गाउँकै रामजन्म राय भन्ने व्यक्तिको मृत्यु भएको र सो घटनाका सम्बन्धमा रामनगर गाउँपालिका वडा नं. ४ का जननिर्वाचित वडा अध्यक्ष तथा नेपाली कांग्रेसका वडा सभापति रामनरेश महतोले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा स्वयं जानकारी गराई सहयोग गरेको अवस्थामा, गाउँका फरक राजनीतिक मत राख्ने सँगको मिलोमतोमा र सत्ताको रवाफमा अनुसन्धान र छानविन विना, सूचना दिई सहयोग गर्ने जननिर्वाचित वडा अध्यक्ष लगायतका व्यक्तिहरु उपर सत्ताको प्रभावमा परी मोलाहिजाबाट किटानी जाहेरी दर्ता गरेको घटनाप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति र विरोध प्रकट गर्दछ । 

सरकारवादी फौजदारी घटनामा प्रहरी प्रशासनबाट कानून बमोजिम जाहेरी दर्ता गर्नु गराउनु पर्नेमा सर्लाही लगायत मुलुकका कतिपय जिल्लामा राजनीतिक आग्रह पूर्वाग्रह राखी निर्दोष व्यक्तिहरु उपर किटानी जाहेरी दर्ता गर्नुले मुलुकको सुरक्षा निकाय तथा न्यायिक र अर्धन्यायिक निकायले समेत सत्ताको निर्देशन र राजनीतिक प्रभावमा काम गर्ने गरेको स्पष्ट भएको छ । सर्लाही जिल्लाको उक्त घटना सम्बन्धमा तदारुकताका साथ छानविन गरी, दोषी पत्ता लगाई जाहेरी लिनु पर्नेमा राजनीतिक पूर्वाग्रह राखी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको राजनीतिक तथा सामाजिक चरित्र हत्या गर्ने उद्देश्यले किटानी जाहेरी लिई थुनामा राखिनु घोर आपत्तिजनक छ । यसर्थ, जननिर्वाचित वडा अध्यक्ष रामनरेश महतो लगायत रामजन्म राय मृत्युको घटनामा कुनै संलग्नता नै नरहेका र थुनामा राखिएका सबैलाई अविलम्व थुना मुक्त गरी घटनाको निष्पक्ष छानविन गर्न र सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files