Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 24, 2020
रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका सम्बन्धमा ज्ञापन पत्र बुझाउन गएकाहरुमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसद्वार निन्दा र भत्र्सना

 असार १०, २०७७
प्रेस विज्ञप्ति
 
रुकुम पश्चिमको सोती नरसंहारमा नवराज वि.क. लगायत ६ जनाको बर्बर र नृशंश तवरले भएको अति जघन्य हत्याको विरुद्धमा संयुक्त राजनीतिक दलित संघर्ष समिति (नेपाल दलित संघ लगायत विभिन्न १४ राजनीतिक दल निकट भ्रातृ संस्थाहरु) र दलित नागरिक समाजको आयोजनामा भएको महिनौ दिनको आन्दोलनको क्रममा आज नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र एक घण्टे शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै धरपकड गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 
 
सुरक्षाकर्मीले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय— जीवन परियार र लक्ष्मी परियार, राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, सर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, सोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल र दुर्गा विश्वकर्मालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबैलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । 
 
सुरक्षाकर्मीको लाठी प्रहारबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते हुनु भएकोले थुनाबाट अहिले उपचारका लागि अस्पताल लगिएको छ । उक्त घटनामा अन्य धेरै व्यक्तिहरु घाइते भएका छन् । 
 
शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकार माथि ठाडो हस्तक्षेप गर्दै वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका क्रियाकलाप गर्न थालेको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गर्न र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । 
 
उक्त घटना परी घाइते हुनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार लगायत सबै घाइतेहरुको नेपाली कांग्रेस शीघ्र स्वास्थलाभको कामना गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files