Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 29, 2020
पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला सदस्य, पूर्व अञ्चल कमिटी सदस्य एवं साबिक जुगार गा बि स का पूर्व अध्यक्ष ७८ वर्षीय भागीराम डाँगीको २०७७ असार ७ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 असार १५, २०७७

शोक विज्ञप्ति
रोल्पा जिल्ला त्रिबेणी गाउपालिका वडा न ६ निवासी नेपाली कांग्रेसका महासमिति सदस्य एवं त्रिबेणी गाउपालिका वडा न ६ का अध्यक्ष  लेखमणि डाँगी र रेग बहादुर डाँगीका पिता नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला सदस्य, पूर्व अञ्चल कमिटी सदस्य एवं साबिक  जुगार गा बि स का पूर्व अध्यक्ष ७८ वर्षीय भागीराम डाँगीको २०७७ असार ७ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय डाँगी र उहाँका परिवारले पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दछ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला सदस्य भागीराम डाँगीको निधनको खबरले मलाई दुःखीत बनाएको छ । स्वर्गीय डाँगीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ पार्टीका महासमिति सदस्य लेखमणि डाँगी, रेगबहादुर डाँगी लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files