Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 29, 2020
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदीप खड्का, बिनोद खड्का र अनन्त खड्काको ममतामयी माता एवं शहीद डम्बरबहादुर खड्काकी धर्मपत्नी कृष्णाकुमारी खड्काको २०७७ असार ६ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 असार १५, २०७७

शोक विज्ञप्ति

दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा नं. १४ लुहाडबरा निवासी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदीप खड्का, बिनोद खड्का र अनन्त खड्काको ममतामयी माता एवं शहीद डम्बरबहादुर खड्काकी धर्मपत्नी कृष्णाकुमारी खड्काको २०७७ असार ६ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय खड्का र उहाँका परिवारले पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दछ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “शहीद डम्बरबहादुर खड्काकी धर्मपत्नी कृष्णाकुमारी खड्काको निधनको खबरले मलाई दुःखीत बनाएको छ । स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदीप खड्का, विनोद खड्का, अनन्त खड्का लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files