Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 17, 2020
नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको आज दिउँसो २ः३० बजे काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन

 श्रावण २, २०७७

शोक विज्ञप्ति

नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको आज दिउँसो २ः३० बजे काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो । वि.सं. १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मनु भएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुनुहुन्थ्यो । उहाँले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय कामहरु गर्नु भएको थियो । व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उहाँ एक नेतृत्वकर्ता हुनुहुन्थ्यो । स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष हुनु भयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका मेजर दिपकबहादुर गुरुङको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 

उहाँको पार्थिव शरीरलाई आजै साँझ ६ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । 
नेपाली कांग्रेसको संगठन विस्तार, भूपू सैनिकहरुको हक र अधिकारका लागि क्रियाशील तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय गुरुङले पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files