Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 17, 2020
केराबारी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको नेपाली कांग्रेस घोर भत्र्सना गर्दै खेद प्रकट

 श्रावण २, २०७७

विज्ञप्ति

मोरङ जिल्लाको केराबारी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको नेपाली कांग्रेस घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछ । घाइते कार्कीको गर्धन र हातमा चोट लागेको छ । गम्भीर घाइते हुनु भएका कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ । 

खुकुरी प्रहार गर्ने किशोरसिंह ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कार्वाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ । गम्भीर घाइते हुनु भएका गाउँपालिका अध्यक्ष कार्कीको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files