Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 21, 2020
वीपी पुण्य तिथिका अवसरमा सूचना, संचार तथा प्रचार विभागको आयोजनामा श्ययm मार्फतको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले व्यक्त गर्नु भएको संक्षिप्त मन्तव्य

 श्रावण ६, २०७७


वीपी पुण्य तिथिका अवसरमा सूचना, संचार तथा प्रचार विभागको आयोजनामा श्ययm मार्फतको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले 
व्यक्त गर्नु भएको संक्षिप्त मन्तव्य

* वीपी कोइराला सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेता हुनुहुन्थ्यो ।
* प्रजातान्त्रिक समाजवादको उहाँको विचार आज झनै सान्दर्भिक भएको छ । नेपालले आज हिंड्ने मुल बाटो वीपिकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्दछौं ।
* राष्ट्र माथि संकट आउँदा आफ्नो जिवनको रिस्क लिएर ०३३ सालमा वीपी स्वदेश फर्कनु भएको थियो । आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भई रहेका बेला वीपिको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्दछ ।
* साहित्यमा वीपिको फरक ब्यक्तित्व र उचाई थियो । अग्रणी साहित्यकार वीपी मनोबैज्ञानिक कथा लेखनमा बेजोड हुनुहुन्थ्यो ।

कार्यक्रममा समाजवादी चिन्तक केन्द्रीय सदस्य प्रदिप गिरिले कार्यक्रमका प्रस्तोता डा. सुरेश आचार्य एवं स्वदेश र बिदेशबाट जोडिनु भएका सहभागीहरुका वीपी विचार केन्द्रित विभिन्न प्रश्नहरूको उत्तर राख्नुभएको थियो ।



कृष्णप्रसाद पौडेल 
मुख्य सचिव 
 
Share on Facebook

Attachments#
No files