Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 23, 2020
प्रधानमन्त्रीलाई भेटेर सभापतिद्वारा विशेष ध्यानाकर्षण

 

श्रावण ८, २०७७

 

प्रधानमन्त्रीलाई भेटेर सभापतिद्वारा विशेष ध्यानाकर्षण

 

सभापति शेरबहादुर देउवाले १२० दिन लामो लक डाउन खुलेपछि आज बिहान प्रधानमन्त्री केपि शर्मा ओलिसंग भेट गरेर कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट बिशेष ध्यानाकर्षण गराउनु भएको छ l

 

,    लक डाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लक डाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि सभापतिले नेपाली कांग्रेसका तर्फबाट आग्रह र माग गर्नुभएको छ l उहाँले परिक्षण पीसिआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गर्नुभएको छ l

 

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि सभापतिले आग्रह गर्नुभएको छ

 

,    बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहिन भएको हुंदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको छ l

 

,    कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ l

 

जय नेपाल !

 

                                                कृष्णप्रसाद पौडेल 

                                                  मुख्य सचिव 

Share on Facebook

Attachments#
No files