Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 22, 2013
पूर्व महाधिवेशन प्रतिनिधि लोकबहादुर कार्कीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


फागुन ११, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङका पूर्व सदस्य ६८ वर्षीय लोकबहादुर कार्कीको गत फागुन ९ गते भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ २०४९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वैरनी गा.वि.स.को अध्यक्षमा निर्वाचित हुनु भएको थियो । वागेश्वरी उच्च मा.वि., वैरनीका अध्यक्ष समेत रहनु भएका स्वर्गीय कार्कीले विभिन्न संघ÷संस्थामा रही शैक्षिक एवं सामाजिक कार्यमा पनि संलग्न हुनु भएको थियो । स्वर्गीय कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
 स्वर्गीय कार्कीको अन्तिम संस्कार आजै धादिङको वैरनीमा भयो । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आजै वैरनी पुगी पार्टीको झण्डा ओढाएर स्वर्गीय कार्कीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र सुरेन्द्रराज पाण्डे लगायत पार्टीका नेताहरु एवं कार्यकर्ताहरुले समेत उहाँमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
 उहाँको निधनबाट पार्टीले एक सच्चा, इमान्दार एवं प्रजातान्त्रिक आन्दोलनका कर्मठ योद्धालाई गुमाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिका कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।

 

 प्रदीप पराजुली
 सचिव
 

Share on Facebook

Attachments#
No files