Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 16, 2013
कारोबार दैनिकका संवाददाता लीला घिमिरे माथि भएका आक्रमणप्रति नेपाली कांग्रेसदारा घोर निन्दा र भत्र्सना

चैत्र ३, २०६९

प्रेस विज्ञप्ति

कारोबार दैनिकका संवाददाता लीला घिमिरेलाई नेकपा–माओवादी लगायतको समूहले विहीबार सांघातिक आक्रमण गरी घाइते बनाएका छन् । आफू प्रेस प्रतिनिधि रहेको जानकारी गराउँदा गराउँदै पनि माओवादीका कार्यकर्ताले बन्दमा मोटर साइकल चलाएको भनी उहाँलाई आक्रमण गरेका थिए ।
जनताको सुसूचित हुने हकको उचित तवरले निर्वाह गरी रहेका पत्रकारमाथि भएको यस घटनाले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको छ । स्वतन्त्र पत्रकारितामा कहि, कतैबाट कसैले पनि वाधा उत्पन्न गराउने कार्य अत्यन्त निन्दनीय हो । यस्तो कार्यले लाखौँ पाठकको सूसूचित हुने हकमाथि ठाडो उल्लंघन भएको छ । नेपाली काँग्रेस यस्ता घोर अप्रजातान्त्रिक क्रियाकलापको कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । आगामी दिनहरुमा यस्ता गैर लोकतान्त्रिक र अराजक क्रियाकलाप पुनः नदोहो¥याउन र प्रेसको उचित सम्मान गर्न नेकपा–माओवादीलाई नेपाली कांग्रेस सचेत गराउन चाहन्छ । यस घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र संवाददाता लीला घिमिरेको उचित स्वास्थ्योपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ । साथै, नेपाली कांग्रेस घाइते घिमिरेको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।

 प्रदीप पराजुली
 सचिव

 

 


 

Share on Facebook

Attachments#
No files