Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 16, 2013
याडिसन होटलका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बी।के। श्रेष्ठ माथि भएको घटनाको नेपाली कांग्रेसदारा घोर निन्दा र भत्र्सना

चैत्र ३, २०६९
प्रेस विज्ञप्ति

¥याडिसन होटलका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बी.के. श्रेष्ठ हिजो शुक्रबार विहान घरबाट होटलतर्फ जाँदै गर्दा जावलाखेलको भनीमण्डलमा एमाओवादी सम्वद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियनसँग आवद्ध कार्यकर्ताले उहाँमाथि सांघातिक रुपमा आक्रमण गरेका छन् । ५ वटा मोटरसाइकलमा आएका एमाओवादी कार्यकर्ताहरुले उहाँ चढ्नु भएको सवारी साधनमा समेत क्षति पु¥याएका छन् ।
 कुनै पनि समस्याको निकास वार्ता र संवादबाटै समाधान गर्नु पर्ने लोकतान्त्रिक परिपाटी विपरीत युनियनका कार्यकर्ताहरुले व्यस्त सडकमा उद्योग व्यवसायी माथि आक्रमण गरेर अत्यन्त गैर जिम्मेवारपूर्ण क्रियाकलाप गरेका छन् । यस घटनालाई नेपाली कांग्रेसले दुःखद घटनाको रुपमा लिएको छ । यस घटनाबाट आम नागरिकमा अशान्ति र असुरक्षाको वातावरण सिर्जना गरेको छ र निजी क्षेत्रलाई थप आतङ्कित पार्ने काम गरेको छ । उद्योग व्यवसायीमाथि भएको यो आक्रमणको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । साथै, यस्ता घटना पुनः नदोहो¥याउन र आफ्ना कार्यकर्तालाई जिम्मेवार बनाउन नेपाली कांग्रेस एमाओवादीलाई सचेत गराउन चाहन्छ । साथै, घटनामा संग्लन व्यक्तिको शीघ्र खोजी गरी कानून बमोजिम कडा भन्दा कडा कार्वाही गर्न तथा आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार मांग गर्दछ । 


 प्रदीप पराजुली
 सचिव
 

Share on Facebook

Attachments#
No files