Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 18, 2013
अकुपाई वालुवाटारका अयिभानकर्तामाथि भएको दुव्र्यवहारप्रति नेपाली कांग्रेसको घोर भत्र्सना

चैत्र ५, २०६९
प्रेस विज्ञप्ति
 
बढिरहेको महिला हिंसाका दोषीलाई कारवाही, दण्डहिनताको अन्त्य र पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यका साथ विगत दुुई महिनादेखि अकुपाई वालुवाटार अभियानमा संलग्न रहेका अभियानकर्मीलाई एनेकपा माओवादीका कार्यकर्ताहरुले हिजो दुव्र्यवहार गरेका छन् । साथै उक्त अभियानमा संलग्न दर्जनौँलाई सुरक्षाकर्मीले गिरफ्तार समेत गरेका छन् । शान्तिपूर्ण रुपमा बसेका अभियानकर्मी माथि जिम्मेवार राजनीतिक दलका कार्यकर्ताहरुबाटै भएको यस प्रकारको उच्छृंखल क्रियाशीलकलाप अत्यन्त खेदजनक छ । उक्त गैर राजनीतिक क्रियाकलापको नेपाली कांग्रेस घोर भत्र्सना र विरोध गर्दछ । शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न पाउने सबै नेपालीहरुको अधिकार छ र मानवता विरोधी यस्ता क्रियाकलाप पुनः नदोहो¥याउन एनेकपा माओवादीलाई नेपाली कांग्रेस सचेत गराउन चाहन्छ । साथै, गिरफ्तार गरिएका सबैलाई रिहाई गर्दै यस विषयमा सरकारले समयमै सम्बोधन गरोस् भनी नेपाली कांग्रेस माग गर्दछ ।


 वसन्तकुमार गौतम
 मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files