Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 28, 2013
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०६९ चैत्र १५ गते बसेको बै७कको निर्णय

चैत्र १५, २०६९

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज बस्यो । आजको बैठकमा नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— के.बी. गुरुङ, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, डा. प्रकाशशरण महत, सुजाता कोइराला, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ र पुष्पा भुसालले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
(१) नेपाली कांग्रेस महासमितिको बैठक २०६९ साल चैत्र २६, २७, २८ र २९ गते नवलपरासीमा गर्ने । महासमितिको बैठकमा कार्यसमितिको तर्फबाट पेश गर्ने राजनीतिक प्रस्ताव उपसभापति श्री रामचन्द्र पौडेल र विधान संशोधन प्रस्ताव महामन्त्री श्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ कात्र्तिक २०६७ मा गठित विधान संशोधन समितिले आगामी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने ।
(२) नयाँ संविधानसभाको निर्वाचनमा देशभर सबै मतदाताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न मतदाता नामावली अद्यावधिक गर्ने तथा वंशज तथा जन्मसिद्ध नागरिकका साबालक छोराछोरीलाई वंशजको नाताले नागरिकता प्रमाणपत्र दिने कार्यलाई देशव्यापी रुपमा अभियानको रुपमा संचालन गर्न निर्वाचन आयोग तथा सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।
(३) २०६२÷०६३ सालको जनआन्दोलन पछिको संक्रमणकाल अस्वाभाविक किसिमले लम्बिदै जानाले नेपालको विकास लामो समयसम्म अवरुद्ध रहेको मात्र हैन, राष्ट्र नै अत्यन्त कमजोर हुँदै गएको तथ्य हाम्रो सामू विद्यमान छ । यस्तो स्थितिमा संविधानसभाको निर्वाचन चाडो भन्दा चाडो निर्विध्न सम्पन्न गराएर नयाँ संविधान निर्माण गर्नु हाम्रो प्रथम कर्तव्य भएकोले यो चुनौतीको सामना गर्न संविधानसभा निर्वाचनमा वाधा व्यवधान पर्न नदिन सबै राजनीतिक दललाई वार्ता र छलफलमा सरिक भई राष्ट्रलाई निकास दिन नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।
(४) नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री श्री चक्रप्रसाद बाँस्तोलालाई केही महिना अघिदेखि भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचारका लागि राखिएकोमा भोलि चैत्र १६ गते एयर एम्बुलेन्सद्वारा काठमाडौँ ल्याईदै छ र उपचारकै सिलसिलामा काठमाडौँ स्थित नर्भिक अस्पतालमा राखिने भएको छ । नेपाली कांग्रेसको यो बैठक उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६९ चैत्र २० गते मंगलबार दिउँसो १ः०० बजे पुनः बस्नेछ ।

  दिलेन्द्रप्रसाद बडू्
  प्रवक्ता
 

Share on Facebook

Attachments#
No files